×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा नेपाली स्वादको नयाँ यात्रा, ‘हाईलाइफ’का खाद्य उत्पादन बजारमा

टोकियो । पूर्ण ट्रेडिङ जापानले नेपालमा उत्पादित ‘हाईलाइफ’ ब्रान्डका विभिन्न खाद्य उत्पादन जापानको बजारमा भित्र्याउने भएको छ। नेपाली उत्पादनको बजार विस्तार गर्दै आएको पूर्ण ट्रेडिङले यसपटक हाईलाइफका विभिन्न उत्पादनलाई जापानका उपभोक्तामाझ पुर्‍याउन लागेको हो।

जापानको राजधानी टोकियोमा अगस्ट १७ तारिख सोमवार एक औपचारिक कार्यक्रम गरि हाईलाइफ ब्रान्डका खाद्य उत्पादन बारेमा जानकारी दिएको छ ।
अमेरिकाबाट आएका वरिष्ठ कलाकार निमा रुम्बाको प्रमुख आतिथ्यतामा हाईलाइफ कम्पनी नेपालका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, पूर्ण ट्रेडिङ जापानका सीईओ टीका श्रेष्ठ, नेपाली ब्यावसायी संघ जापानका अध्यक्ष बिजेश थकाली, नेपाल कमर्श अफ चेम्बर जापानका अध्यक्ष डा. बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठ लगायत जापानका नेपाली ब्यावसायी तथा अग्रज नेपालीहरूको उपस्थितिमा कम्पनीको उत्पादनको विषयमा जानकारी दिएको थियो ।

हाईलाइफका उत्पादनहरूमा पुलाउ बासमती चामल, क्रिस्पी बेटरी राइस, कोदोको पिठो, सोयाबिन मस्यौरा, कुरुम कुरुम चिउरा, बेसन, सुजी, मह, भुजा, कर्णालीका उत्पादन दालहरू लगायत विभिन्न खाद्य सामग्री समावेश छन्। नेपाली स्वाद र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका यी उत्पादन जापानमा रहेका नेपाली समुदायका साथै अन्य उपभोक्तामाझ पनि विस्तार गर्ने लक्ष्य पूर्ण ट्रेडिङले लिएको छ।

पूर्ण ट्रेडिङ जापानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टीका श्रेष्ठका अनुसार यसपटकको हाईलाइफ उत्पादनको सुरुवात कम्पनीका लागि विशेष पहल हो। नेपाली उत्पादनको गुणस्तर र मौलिकतालाई जापानी बजारमा विस्तार गर्ने योजना रहेको बताउनुभयो।

नेपाली स्वादका खाद्य सामग्रीको जापानको बजारीकरणका लागि हाईलाइफ कम्पनीका अध्यक्ष पौडेल, सहित कम्पनीका निर्देशक पंकज ज्ञवाली र निर्देशक सन्दिप शाहको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस्