×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बालेन प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा दीपावली, गाउँलेमा उत्साह

बालेन प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा दीपावली, गाउँलेमा उत्साह

महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)  प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुसीयाली छाएको छ। आफ्नै माटोको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेको खुसीयालीमा स्थानीय बासिन्दाले भव्य दीपावली र उत्सव मनाएका छन्।
शाह प्रधानमन्त्री नियुक्त भएको समाचार सार्वजनिक हुनासाथ एकडाराका स्थानीयहरूले टोल(टोलमा मिठाई बाँड्नुका साथै पटाका पड्काएर उत्सव मनाएका थिए। मधेसी मूलको व्यक्ति देशको नेतृत्व गर्ने स्थानमा पुग्दा स्थानीयमा गर्व र उत्साहको विशेष माहोल देखिएको छ।
स्थानीयको प्रतिक्रिया र उत्साह
बालेनको परिवारसँग लामो समयदेखि निकट रहेका स्थानीयहरू उनलाई सरल, इमानदार र सहयोगी व्यक्तिका रूपमा चिन्छन्। उनीहरूको नजरमा बालेन एक आफ्नै छोरो हुन् जसले महोत्तरीको गौरव बढाएका छन्। खुसी साट्दै एक स्थानीयले भने : मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको बेला काठमाडौँ महानगरमा विकास र सुशासनको जुन मोडल उहाँले देखाउनुभयो, त्यसैले आज उहाँलाई यो स्थानमा पुर्‍याएको हो। हाम्रो गाउँको मान्छे प्रधानमन्त्री हुँदा हामी निकै हर्षित छौँ, त्यसैले आज हामीले उत्सव मनाइरहेका छौँ । 

प्रतिकृया दिनुहोस्