×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डा.निराजन तामाङ NMA सदस्य पदमा उमेदवार

डा.निराजन तामाङ NMA सदस्य पदमा उमेदवार

काठमाडौं - काभ्रे तेमालमा जन्मेको डा. निराजन उकालीओराली गर्दै दुख:सुख भोग्दै  आफनो प्राथमिक शिक्षा तेमाल हुदै माध्यमिक शिक्षा राजधानी र आफ्नो चिकित्सा शिक्षा(MBBS)बङ्गलादेशबाट पुरा गरेका छन।उनी शिक्षाको साथसाथै अतिरिक्त क्रियाकलाप खेलकुदमा नि अबल उनी साथीभाइ र शिक्षकशिक्षिकाको प्यारो छन।आफू बाल्यकाल देखि डाक्टर हुने सम्मको संघर्ष र अनुभव लिएर विभिन्न अस्पतालको ढोका सम्म रोजगारको निम्ति  काम खोज्नु पर्नेबाध्यताकारी पिडाबाट हरेक चिकित्सक झै उनिपनि अछुतो छैन।यसै क्रममा डाक्टर निराजनले विभिन्न अस्पतालमा न्युन पारिश्रमिक र अधिक कायभार साथै असुरक्षित कार्यस्थलबाट उनी पनि अरु चिकित्सक झै वाक्कदिक्क र निरास छन ।तर पनि उनी समय मिल्ने बितिकै झोला भरि औषधि बोकेर विकट भूगोलमा बसोबास गर्ने गरिबबाआमाको चोटमा निशुल्क मलमपटी लगाउन पुग्छन्।

यसै क्रममा  COVID-19 को समयमा २४ घन्टानै  free doctor consult call service दिएको डा.निराजन उनै साथीहरूलाई मिलाएर तामाङ चिकित्सक समाज-नेपालको सस्थापक हुँदै अहिले अध्यक्ष भएको छ्न।हरेक तामाङ चिकित्सकहरुलाइ गोल बद्द गर्दै एउटा तामाङ चिकित्सकहरुको बस्ने टहरा बनाइ दिएको छन ।उनी यसै सस्थाबाट जातजाति,लिङ्ग,भूगोल,धर्मभन्दा माथी उठेर बागमती प्रदेश,गण्डकी प्रदेश र मधेस प्रदेशको विभिन्न ठाउमा नि:शुल्क स्वास्थ शिबिर, जाजरकोटको भुकम्प पीडित होस या काभ्रेरोशीमा गएको बाडीपहिरोमा परेको पीडितहरुलाई होस,हरेक प्राकृति प्रकोपमा परेको ठाउँमा पुग्ने कोशिश गर्छन् उनी यति मात्र गर्दैन उनी आफ्नो चिकित्सा क्षेत्रमा रहेकोबिकृती र समस्याको बिरोध पनि गर्छन र चिकित्सकहरुले गरेको हरेक आन्दोलन,संघर्षमा र दुखसुखमा उनी  नैतिक,आर्थिक र भौतिक साथ समर्थन र सहयोग गर्न पुगिहाल्छ्न।

डा.निराजन  भदौ २३ गते भएको Gen-Z आन्दोलनको समर्थन र आन्दोलनरत घाइते योग्दाहरुलाइ दिन भरि एम्बुलेन्समा राखी घटना स्थलबाट उदार गर्ने एक मात्र  चिकित्सक उनै निराजन हुन।समाज र चिकित्सा क्षेत्र दुबै बुझेको डा. निराजन आफ्नो दुख,पिडा,संघर्ष,बाध्यता,अनुभव बटुल्दै चिकित्सकहरुको हक अधिकारको  निम्ति पारिश्रमिक शुल्क,पारिश्रमिक अबधि,सेवा सुबिधा,सुरक्षा को निम्ति बोल्ने र काम गर्ने जोश जागरूक र उर्जा साथ नेपाल चिकित्सक संघको सदस्यमा टिम मंगलबाट उम्मेद्बारी दिएको छन।दुख,पिडा,संघर्ष बुझेको निराजनलाई  हरेक डाक्टरहरुले बुझेको छन बुझेको मनले NMAको निर्वाचनमा मत मार्फत अभिव्यक्त गर्ने छन भन्नेमा उनी ढुक्क छन।

 

प्रतिकृया दिनुहोस्