×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँकेको अम्बे स्टिलमा भीषण आगलागी: विद्युत् सर्ट हुँदा डेढ करोडभन्दा बढीको क्षति

बाँकेको अम्बे स्टिलमा भीषण आगलागी: विद्युत् सर्ट हुँदा डेढ करोडभन्दा बढीको क्षति

नेपालगन्ज। बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित प्रसिद्ध अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको ठूलो भौतिक क्षति भएको छ।

उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १ः३० बजे ट्यांकीमा अचानक आगलागी भएको सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली तथा दमकल घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट उद्योगको उपकरण र फर्नेस ट्यांकी क्षेत्रमा ठूलो क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस्