हिमानी शाह मेडिसिटी भर्ना
भदौ २, २०७९काठमाडाैँ- पूर्वयुवराज्ञी हिमानी शाहलाई अस्पतालमा भर्ना गरिएको छ । शाह अस्वस्थ भएपछि बुधबार ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको बताइएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् ।
सबै पढ्नुहोस