काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट युवा महिला नेतृ भूपेश्वरी ऐर (भूपी) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
३५ वर्षमुनिको युवा महिला कोटाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित ऐरले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो। उहाँले सुदूरपश्चिमको सशक्त आवाज, युवा पुस्ताको ऊर्जा, समावेशी सहभागिता र नीतिगत तहमा महिलाको निर्णायक नेतृत्वलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ।
पार्टीमा विचार, पुस्तान्तरण र नयाँ सोचको आवश्यकता औँल्याउँदै उहाँले “तपाईंको एक मत नयाँ पुस्ताको आवाजका लागि” भन्ने अपिलका साथ महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र मतको अपेक्षा गर्नुभएको छ।