×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राजकीय भ्रमणका सिलसिलामा भारत प्रस्थान गर्ने भएपछि वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो।

मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्री शाहसँगै भारत भ्रमण दलमा सहभागी हुने भएपछि श्रेष्ठले यो जिम्मेवारी पाएका हुन्।

प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारत प्रस्थान गर्दैछन्। उक्त भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोलीसमेत आफ्नै खर्चमा सहभागी हुन लागेको जनाइएको छ।

भारत भ्रमणको कार्यतालिका
भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धासुमन अर्पण गर्नेछन्। सोही दिन उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तथा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आगामी मङ्सिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने तालिका रहेको छ।

प्रतिकृया दिनुहोस्