काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। स्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको हो।
अनुसन्धानको दायरामा रहेका बानियाँ जोडिएको घटनाको विस्तृत विवरण भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
यसअघि प्रहरीले सोही प्रकरणसँग जोडिएको अनुसन्धानका क्रममा उनका छोरा दीक्षान्त बानियाँलाई पक्राउ गरेको थियो। त्यस्तै, गत वैशाख महिनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको निवासमा छापासमेत मारेको थियो। बानियाँ वि.सं. २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए।