त्रिदेशीय टी-ट्वेन्टी शृंखला : मलेसिया र पीएनजी खेल्दै
चैत १८, २०७८काठमाडौं- त्रिदेशीय टी-ट्वेन्टी शृंखलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । साढे १२ बजे टियु क्रिकेट मैदानमा मलेसिया र पीएनजी प्रतिस्पर्धा गर्ने छन् । अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ । मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।
सबै पढ्नुहोस