नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
माघ ९, २०७९काठमाडौं- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक अहिले बिहान साढे ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ।बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने छ । कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ।
सबै पढ्नुहोस