बेलले लिए फुटबलबाट सन्यास
पुस २६, २०७९काठमाडौँ- वेल्सका स्ट्राइकर ग्यारेथ बेलले सबै खाले फुटबलबाट सन्यास लिएका छन् । ३३ बर्षिय बेलले सोमबार राति आफ्नो सन्यासको घोषणा गरेका हुन् । सामाजिक संजालमार्फत बेलले आफुले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बताएका हुन् । बेलले पछिल्लो पटक वेल्सका लागि हालै सम्पन्न कतार विश्वकपमा खेलेका थिए । वेल्सका लागि १११ खेल खेलेका बेलले ४१ गोल गरेका छन् ।
सबै पढ्नुहोस