ओली निवासमा आज एमाले सचिवालय बैठक बस्दै
असोज १३, २०७९काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्नका लागि नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बस्न लागेको हो । नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।
सबै पढ्नुहोस