प्रधान मन्त्री देउवा बनारसमा, आदित्यनाथले गरे स्वागत
चैत २०, २०७८काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाले बनारसमा काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । भारत सरकारले व्यवस्था मिलाएको विशेष विमानबाट देउवा बनारस पुगेका हुन् ।
सबै पढ्नुहोस