×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर निवासबाटै पक्राउ!

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर निवासबाटै पक्राउ!

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। पक्राउको कारण र विस्तृत विवरण भने आउन बाँकी छ।

२०७५ पुस १७ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। लामो समय संसद्‌मा अलपत्र परेको महाभियोग संसद्को कार्यकाल समाप्त भएपछि तत्कालीन महासचिवको पत्रमार्फत निष्क्रिय पारिएको दाबी गरिएको थियो। उक्त पत्रविरुद्ध सर्वोच्चमा परेको रिटमा हालै २४ भदौमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा नेतृत्वको संवैधानिक इजलासले महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गरिदिएको थियो।

प्रतिकृया दिनुहोस्