काठमाडौं - जनमत पार्टीको राष्ट्रिय अध्यक्ष पदमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। असोज ९ र १० गते वीरगञ्जमा हुन गइरहेको पार्टीको दोस्रो महाधिवेशनका लागि आज भएको मनोनयनमा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको हो।
अध्यक्ष निर्विरोध भए पनि अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ। ७ उपाध्यक्ष पदका लागि १४ जना, १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि २ जना र ७ सचिवका लागि १० जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। त्यस्तै देशका विभिन्न जिल्लाबाट कार्यकारिणी सदस्य पदका लागि पनि उल्लेख्य संख्यामा उम्मेदवारी दर्ता भएको छ।