राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार कार्यविभाजन यथावत् राख्दै वरीयतामात्र परिवर्तन गरिएको हो।
नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ स्थानमा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो क्रममा उक्लिएकी छन् भने तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्।
यस्तै, प्रधानमन्त्री शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो क्रममा यथावत् रहँदा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ क्रममा समायोजन भएका छन्।
#CabinetReshuffle #SobitaGautam #BalenShah