×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सानिगाड हाइड्रोले चैत ८ देखि आईपीओ निष्काशन गर्ने, कसले दिन पाउँछन् आवेदन?

सानिगाड हाइड्रोले चैत ८ देखि आईपीओ निष्काशन गर्ने, कसले दिन पाउँछन् आवेदन?

काठमाडौं - सानिगाड हाइड्रो लिमिटेडले आगामी चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति पाएको हो।

यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर बझाङको बुंगल नगरपालिकाका आयोजना प्रभावित बासिन्दाका लागि छुट्याइएको छ। अति प्रभावित क्षेत्र (वडा नं. १, २ र ४) का लागि १८ लाख ५२ हजार ५०० कित्ता र अन्य क्षेत्रका लागि ९ लाख ९७ हजार ५०० कित्ता वितरण गरिनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले चैत २२ गतेसम्म आवेदन दिन पाउनेछन् भने स्थानीयका लागि ढिलोमा २०८३ वैशाख ७ गतेसम्म म्याद रहनेछ।

इक्रा नेपालले कम्पनीलाई 'इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस' प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्छ। ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया दिनुहोस्