×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई प्रधानमन्त्रीले नयाँ दिल्लीबाट उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

दुई प्रधानमन्त्रीले नयाँ दिल्लीबाट उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

जनकपुरधाम- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको रेल जनकपुरधाम आइपुगेको छ। दुवै देशका प्रधानमन्त्रीले सोमबार (नोभेम्बर २३) भर्चुअल माध्यमबाट उक्त रेल सेवाको उद्घाटन गरेका थिए।

उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे भारतको अयोध्याधामबाट हिँडेको रेल मंगलबार बिहान करिब ९:४५ बजे जनकपुरधाम आइपुगेको हो। रेल जनकपुरधाम आइपुग्दा स्थानीय बासिन्दा तथा सरोकारवालाले विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका छन्।

यो रेल सेवाले नेपाल र भारतबिचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्पर्कलाई थप सहज र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्