टोकियो - नेपाली कांग्रेसको प्रवासी भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (नेजसस) जापानको ७औँ ऐतिहासिक महाधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोह टोकियोस्थित सोलमारी नेपाली मुरा हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष महेश श्रेष्ठले प्रवासमा संगठनलाई एकताबद्ध, सशक्त र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो। यस्तै, प्रमुख निर्वाचन अधिकृत भुपि गोविन्द श्रेष्ठ तथा नवनिर्वाचित सभापति राजेन्द्र जमरकट्टेलले लोकतान्त्रिक मूल्य-मान्यता जोगाउँदै प्रवासमा रहेका सम्पूर्ण नेपालीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा एनआरएनए, पत्रकार महासंघ तथा नेजससका विभिन्न पूर्व पदाधिकारीहरूले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
मुख्य पदाधिकारीहरू:
सभापति: राजेन्द्र प्रसाद जमरकट्टेल
उपसभापतिहरू: रामजंग कार्की, रेशमकुमार डंगोल, डिका कार्की, पोषकान्त न्यौपाने, हरि प्रसाद कँडेल, सुशील पौडेल, युवराज गुरुङ
महिला उपसभापति: सावित्री लामा, अनिता गुरुङ लामा
महामन्त्री: विराट खनाल, अशोक शर्मा (गोपाल)
कोषाध्यक्ष: यमकान्त कँडेल
सहकोषाध्यक्ष: सन्देश अधिकारी, महेन्द्र सुवेदी (सुमन)
(नोट: सहमहामन्त्री, कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको पूर्ण सूची पूर्ववत् निर्वाचित रहेको छ।)