×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिका र इरानबीच दुई साताको अस्थायी युद्धविराम घोषणा

अमेरिका र इरानबीच दुई साताको अस्थायी युद्धविराम घोषणा

एजेन्सी - अमेरिका र इरानबीच चुलिएको सैन्य तनावले विश्वलाई नै त्रसित बनाइरहेको बेला अन्ततः एक राहतको खबर बाहिरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि इरानविरुद्धको सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन्। यो निर्णयसँगै इजरायलले पनि आक्रमण रोक्न सहमति जनाएको छ।

कूटनीतिक पहल र पाकिस्तानको भूमिका
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो जानकारी गराएका हुन्। उनले यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको महत्वपूर्ण छलफलपछि लिइएको बताएका छन्। पाकिस्तानका शीर्ष नेतृत्वले सम्भावित भीषण युद्ध टार्न गरेको आग्रहलाई ट्रम्पले सकारात्मक रूपमा लिँदै आक्रमणको योजना तत्कालका लागि रोकेका हुन्।

प्रतिकृया दिनुहोस्