×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओमानलाई ११३ रनले हराउँदै नेपालको सानदार जित, करण प्लेयर अफ द म्याच

ओमानलाई ११३ रनले हराउँदै नेपालको सानदार जित, करण प्लेयर अफ द म्याच

काठमाडौं - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमिरात क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार जित दर्ता गरेको छ। नेपालले दिएको २६४ रनको फराकिलो लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। जितसँगै नेपालले लिग–२ को अङ्क तालिकामा महत्त्वपूर्ण २ अङ्क जोडेको छ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेल को ६१ रन र अन्तिमतिर करण केसी को १६ बलमा ४० रन (४ छक्का, १ चौका) को विस्फोटक इनिङ्सको मद्दतमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। उत्तरमा ओमानलाई १५० रनमै समेट्न नेपालका नन्दन यादव (१२ रन दिएर ३ विकेट) र सन्दीप लामिछाने (२८ रन दिएर ३ विकेट) ले घातक बलिङ गरे। दीपेन्द्रसिंह ऐरीले २ तथा अलराउण्डर प्रदर्शन गरेका करण केसीले ६ ओभरमा २ मेडनसहित ८ रन खर्चेर १ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि करण केसी 'प्लेयर अफ द म्याच' घोषित भए।

प्रतिकृया दिनुहोस्