×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अध्यादेशको ‘झड्का’: विद्युत् प्राधिकरण र नियमन आयोगका उच्च पदाधिकारीहरू सामूहिक रूपमा पदमुक्त

अध्यादेशको ‘झड्का’: विद्युत् प्राधिकरण र नियमन आयोगका उच्च पदाधिकारीहरू सामूहिक रूपमा पदमुक्त

काठमाडौं - सरकारले ल्याएको नयाँ अध्यादेशको कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका दुई शक्तिशाली निकायका प्रमुखसहितका पदाधिकारीहरूले आफ्नो पद गुमाएका छन्। “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम ऊर्जा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी दिएको हो।

पदमुक्त हुनेहरूको सूची:

१. नेपाल विद्युत् प्राधिकरण:

हितेन्द्रदेव शाक्य (कार्यकारी निर्देशक तथा सदस्य सचिव)

रतनबहादुर ऐर (सदस्य)

डा. बलबहादुर पराजुली (सदस्य)

श्यामकिशोर यादव (सदस्य)

रोहित पौडेल (सदस्य)

२. विद्युत् नियमन आयोग:

डा. रामप्रसाद धिताल (अध्यक्ष)

डा. मधुसुधन अधिकारी (सदस्य)

डा. झमकप्रसाद शर्मा (सदस्य)

गौतम डङ्गोल (सदस्य)

भागिरथी भट्टराई ज्ञवाली (सदस्य)

अध्यादेशको विशेष व्यवस्थाले यी महत्त्वपूर्ण निकायका नेतृत्वदायी पदहरू रिक्त बनाएको छ, जसले ऊर्जा प्रशासनमा नयाँ हलचल पैदा गरेको छ। मन्त्रालयका अनुसार अध्यादेशको प्रावधान पालना गर्दै यो कदम चालिएको हो।

प्रतिकृया दिनुहोस्