काेराेनाबाट थप १४ जनाकाे मृत्यु, १,१२८ संक्रमित
माघ २८, २०७८काठमाडाैँ- नेपालमा थप १,१२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परिक्षणका क्रमा ६ सय ६६ जना र ३ हजार ५ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
सबै पढ्नुहोस