×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वर्षाले खोस्यो नेपालको सपना, श्रीलङ्कासँगको क्वाटरफाइनल रद्द हुँदा नेपाल बाहिरियो

वर्षाले खोस्यो नेपालको सपना, श्रीलङ्कासँगको क्वाटरफाइनल रद्द हुँदा नेपाल बाहिरियो

काठमाडौं - जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको क्वाटरफाइनल खेल लगातारको वर्षाका कारण एक बल पनि नफाली रद्द भएको छ। आयोजकले खेल सम्भव नभएपछि उच्च वरीयता (Ranking) का आधारमा श्रीलङ्कालाई सेमिफाइनलमा प्रवेश गराएको छ भने नेपालको यात्रा क्वाटरफाइनलबाटै दु:खद अन्त्य भएको छ।

यसअघि समूह चरणको अन्तिम खेलमा जापानसँगको भिडन्त पनि वर्षाकै कारण रद्द भएपछि नेपालले १ अङ्क बाँड्दै ३ अङ्कसहित समूह 'ए' को विजेता बनेर क्वाटरफाइनल पुगेको थियो। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। सोमबार तय भएका भारत-अफगानिस्तान र पाकिस्तान-हङकङबीचका क्वाटरफाइनल खेलहरूसमेत वर्षाले रद्द हुँदा उच्च वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्। १९औँ हाङझाउ एसियाडमा भारतसँग पराजित भएको नेपालले यसपटक पनि वर्षाका कारण वरीयताको मारमा पर्दै बाहिरिनु परेको छ।

प्रतिकृया दिनुहोस्