एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा निर्वाचित
असोज १९, २०८०काठमाडौं - नेकपा(एमाले) गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उहाँ प्रथम अधिवेशनबाट अध्यक्ष चयन हुनुभएको हो । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उहाँ यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।
सबै पढ्नुहोस