×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युएईलाई स्तब्ध पार्दै नेपाल बन्यो एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कप खेल्ने

युएईलाई स्तब्ध पार्दै नेपाल बन्यो एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कप खेल्ने

काठमाडौँ - नेपालले युएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यो सानदार जितसँगै नेपालले दोस्रोपटक प्रतिष्ठित एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेले भने गुल्सन झाले ५२ र अर्जुन कुमालले ४३ रनको योगदान दिए। बलिङतर्फ नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। युएईका लागि राहुल चोपडाले अविजित १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ र शतकीय पारी खेलेका आसिफ शेख ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतिकृया दिनुहोस्