पल शाहलाई तनहुँ जिल्ला अदालतले दियो सफाइ
माघ ३, २०७९काठमाडौँ- तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । उनी नाबालिका जबर्जस्ती करणीको अभियोगमा थुनामा परेका थिए । मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले सो फैसला गरेको हो ।
सबै पढ्नुहोस