×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालको मौसम र विपद् पूर्व-सूचना सुधार गर्न चीनद्वारा एआई प्रणाली 'माजु' हस्तान्तरण

नेपालको मौसम र विपद् पूर्व-सूचना सुधार गर्न चीनद्वारा एआई प्रणाली 'माजु' हस्तान्तरण

काठमाडौँ - नेपालको मौसमसम्बन्धी पूर्व-सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चीनले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मौसम प्रणाली ‘माजु’ को नेपाल संस्करण हस्तान्तरण गरेको छ। चीनको मौसम विज्ञान प्रशासन (सीएमए) ले मङ्गलबार उरुम्कीमा आयोजित दोस्रो चीन-मध्य एसिया मौसम सहयोग मञ्चका क्रममा नेपालका लागि तयार पारिएको उक्त प्रणाली औपचारिक रूपमा उपलब्ध गराएको हो।

गत अगस्ट २९ मा केरुङ-रसुवा नाकामा गएको पहिरोपछि नेपालको जल तथा मौसम विज्ञान विभागलाई 'माजु' को क्लाउड-आधारित परीक्षण संस्करण उपलब्ध गराइएको थियो। नेपालको जटिल भौगोलिक अवस्था, विपद्का विशेषता र उपलब्ध तथ्याङ्कलाई ध्यानमा राखेर यो विशेष संस्करण तयार पारिएको सीएमएले जनाएको छ।

 

समुद्रकी चिनियाँ संरक्षक देवीको नामबाट नामकरण गरिएको 'माजु' ले बहु-जोखिम पहिचान, पूर्वसूचना र मौसमजन्य जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। हाल विश्वका ७ देशमा प्रयोगमा रहेको र ५० भन्दा बढी देशमा परीक्षण भइरहेको यो प्रणालीले नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्