एकीकृत सरकारी कर्मचारी सङ्गठनको राष्ट्रिय अधिवेशन काठमाडौंमा
पुस १९, २०७९काठमाडाैं- नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी दिए ।
सबै पढ्नुहोस