नेपाल भुटानसँग पराजित
भदौ २६, २०७९काठमाडौं- नेपाल भुटानसँग पराजित भएको छ। बहराइनमा जारी एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत शनिबार भएको समूहको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोल अन्तरमा पराजित भएको हो। खेलको ३३ औं मिनेटमा सोनाम चोजाङको गोलमा भुटानले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफमा थप एक गोल खान पुग्यो।
सबै पढ्नुहोस