×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपाल फेस्टिभल बारे सामाजिक सञ्जालमा फैलियो भ्रामक प्रचार, एनआरएनए जापानको कडा आपत्ती

नेपाल फेस्टिभल बारे सामाजिक सञ्जालमा फैलियो भ्रामक प्रचार, एनआरएनए जापानको कडा आपत्ती

टोकियो । जापानमा आयोजना हुँदै आएको “नेपाल फेस्टिभल” सम्बन्धमा पछिल्लो समय सामाजिक सञ्जालमा फैलाइएका भ्रामक, तथ्यहीन र निराधार सामग्रीप्रति NRNA Japan ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको कला, संस्कृति, भाषा, पर्यटन तथा जापान स्थित नेपाली समुदायबीच एकता र सद्भाव बढाउने उद्देश्यले सञ्चालन हुँदै आएका कार्यक्रममाथि गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो।एनआरएनए जापानले कुनै आधिकारिक पुष्टि बिना सामाजिक सञ्जालमा अपुष्ट सूचना, व्यक्तिनिष्ठ आरोप–प्रत्यारोप तथा भ्रम फैलाउने गतिविधिले समुदायमा अविश्वास र असमझदारी सिर्जना गर्ने उल्लेख गरेको छ। यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले गैरजिम्मेवार अभिव्यक्ति नगर्न सबैलाई आग्रह गरिएको छ।

संस्थाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र आलोचनाको सम्मान गरिने स्पष्ट पार्दै तथ्यमा आधारित सुझाव र टिप्पणीलाई सकारात्मक रूपमा लिने संस्कार आवश्यक रहेको जनाएको छ। तर चरित्रहत्या गर्ने उद्देश्यले गरिने प्रचार, अफवाह र सामाजिक सञ्जालको दुरुपयोग कुनै पनि हिसाबले स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। कुनै विषयमा जिज्ञासा, गुनासा वा असमझदारी भए सम्बन्धित आयोजक वा जिम्मेवार निकायसँग प्रत्यक्ष सम्पर्क गरी सत्यतथ्य बुझ्न पनि एनआरएनए जापानले आग्रह गरेको छ।

साथै जापानस्थित नेपाली समुदायलाई सामाजिक एकता, सद्भाव, पारस्परिक सम्मान र सकारात्मक वातावरण कायम राख्न सहयोग गर्न अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस्