जापान - नेपाली जनसम्पर्क समिति जापानको सातौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आगामी २ अगस्ट २०२६ (आइतबार) टोकियोमा हुने भएको छ। शिन–ओकुबोस्थित सोलमारी नेपाली मुरा हलमा दिउँसो १२ बजे आयोजना गरिने उक्त समारोहबारे निर्वाचन समितिले बिहीबार सूचना जारी गरी जानकारी दिएको हो।
निर्वाचन अधिकृत भूमि गोविन्द श्रेष्ठद्वारा हस्ताक्षरित सूचना अनुसार समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउनुका साथै प्रमाणपत्र वितरण गरिनेछ। कार्यक्रममा अनिवार्य उपस्थित भई सभाको गरिमा बढाइदिन जापानस्थित नेपाली कांग्रेसका सदस्य, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायलाई निर्वाचन समितिले हार्दिक अनुरोध गरेको छ।