धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु
माघ १०, २०७८कैलाली- सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना संक्रमण देखिएको थियो ।
सबै पढ्नुहोस