चितुवाको छालासहित तीन पक्राउ
बैशाख १४, २०७९सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरबाट चितुवाको छालासहित अवैध गतिविधिमा संलग्न तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर–१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कस्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सबै पढ्नुहोस