दार्चुला र बैतडी सँग जोडिएका सीमा नाका आजदेखि ४ दिनका लागि बन्द
माघ २८, २०७८डडेलधुरा - बैतडी र दार्चुलासँग जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् । उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो । बैतडी र दार्चुलासित जोडिएका नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
सबै पढ्नुहोस