जोहानेसवर्गमा २९ वर्षपछि भारत पराजित
पुस २३, २०७८काठमाडौँ- जोहानेसवर्गमा भएको भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले ७ विकेटले जितेको छ । २४० रनको लक्ष्य पाएको घरेलु टोलीले केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । भारतले जोहान्सबर्ग मैदानमा २९ वर्षपछि पहिलो हार भोगेको हो । जोहन्सबर्गको वान्डरस मैदानमा भारतले सन् १९९२ मा खेलेको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
सबै पढ्नुहोस