प्राइम टाइम्स टेलिभिजनको निर्देशकमा एलिजा गौतम नियुक्त
असोज २५, २०७९काठमाडौं- टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच.डी’को कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त भएकी छिन्। अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ। टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
सबै पढ्नुहोस