माओवादी बैठक आज पनि, नेताहरूले धारणा राख्ने
साउन १९, २०८०काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो । हिजो र अस्ति गरी करिब ५० जना नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।
सबै पढ्नुहोस