कर्मचारी समायाेजन सम्बन्धी मुद्दाकाे निसु आज
भदौ १, २०७९काठमाडौँ- अदालतमा विचाराधीन कर्मचारी समायाेजनकाे मुद्दामा सर्वाेच्च अदालतले बुधवार फैसला सुनाउने भएकाे छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको ५ न्यायाधीशको साउन १७ गतेको संवैधानिक इजलासले साउन सुनुवाइ सक्दै भदौ १ गतेका लागि निसु (निर्णय सुनाउने) तोकेको थियो । सरकारी पक्ष र निवेदकहरूको जवाफ सुनेर संवैधानिक इजलासले भदौ १ गतेका लागि निसु तोकेको हाे ।
सबै पढ्नुहोस