आजदेखि सुरु हुदै संघीय संसदकाे अधिवेशन
भदौ २३, २०७८काठमाडौं - संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै छ। । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबारका लागि आह्वान गरेकी हुन् । दुवै सदनको बैठक अपराह्न ४ बजे बस्नेछ । दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ
सबै पढ्नुहोस