कानून आयोगको अध्यक्षमा जागेश्वर सुवेदी
भदौ १०, २०७८काठमाडौँ, सरकारले नेपाल कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सबै पढ्नुहोस