काठमाडौँ महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम
जेठ २३, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो । महानगरपालिकाले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको विवरण पठाउन जेठ १० गते सूचना प्रकाशित गरेको थियो ।&
सबै पढ्नुहोस