ओमानसँग नेपाल १३ रनले पराजित
जेठ २७, २०७९काठमाडौं - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।
सबै पढ्नुहोस