×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झन्डै १७ घण्टा लामो वार्तापछि डा. केसीको सत्याग्रह फिर्ता, सरकारसँग ६ बुँदे सहमति

झन्डै १७ घण्टा लामो वार्तापछि डा. केसीको सत्याग्रह फिर्ता, सरकारसँग ६ बुँदे सहमति

काठमाडौँ। चिकित्सा शिक्षा सुधार र जनस्वास्थ्यका विभिन्न माग राखी अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहानदेखि शनिबार मध्यरात (झन्डै लगातार १७ घण्टा) चलेको विभिन्न १० चरणको गहन वार्तापछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

सहमतिपत्रमा हस्ताक्षर भएसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह (अनशन) औपचारिक रूपमा समापन गर्नुभएको छ।

वार्ता टोली र रोहबर:
सरकार पक्ष: माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पुकार बम, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा।
डा. केसी पक्ष: विजयबाबु सिवाकोटी, डा. अमृत जैसी, डा. विशद दाहाल र पवन थापा।
रोहबर (साक्षी): नेपाल चिकित्सक सङ्घ (NMA) का अध्यक्ष डा. बद्री रिजाल।

प्रतिकृया दिनुहोस्