×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँलाई २४सै घण्टा खुला गर्ने सरकारको तयारी

काठमाडौँलाई २४सै घण्टा खुला गर्ने सरकारको तयारी

काठमाडौँ - काठमाडौँ उपत्यकालाई २४सै घण्टा सञ्चालनमा ल्याउन सरकारले तीव्र तयारी थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग यसबारे निरन्तर र सकारात्मक छलफल भइरहेको जानकारी दिएका छन्।

राजधानीलाई पूर्ण रूपमा २४सै घण्टा खुला राख्नका लागि चाहिने सुरक्षा व्यवस्था, पूर्वाधार र बजार व्यवस्थापनका आवश्यक तयारीहरूलाई अन्तिम रूप दिन गृह मन्त्रालय र स्थानीय प्रशासन निरन्तर संवादमा छन्। सुरक्षा निकायहरूसँगको समन्वय र बजार अनुगमनको ढाँचा तयार भएसँगै काठमाडौँ चाँडै चौबीसै घण्टा जाग्ने र चलायमान हुने प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्