हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
मङ्सिर २५, २०७८काठमाडौँ । मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक एक गोल गरे ।
सबै पढ्नुहोस