काठमाडौँ - काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राका अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र ‘द लोकल’ले हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले जात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएको छ।
कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गरिएको थियो। एक्सट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ। यस सहकार्यले जात्राको जीवन्त वातावरण र सांस्कृतिक गरिमालाई थप ऊर्जा प्रदान गर्दै उत्सवको रौनक बढाएको छ।