डडेल्धुरा - डडेल्धुरास्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयभित्रै दुई कर्मचारीबीच भनाभन भई हातपात भएको छ। कार्यालयका इन्जिनियर मनोजकुमार दास र लेखापाल राजेन्द्रबहादुर थापाबीच कार्यालय परिसरमै हानाहान भएको हो।
घटनामा दुवै जना घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। लेखापाल थापाका अनुसार कार्यकक्षमा काम गरिरहेका बेला भत्ता नदिएको र आफूलाई पेलेर अघि बढेको भन्दै इन्जिनियर दासले आफूमाथि कुटपिट र आक्रमण गरेका हुन्। अर्कोतर्फ, इन्जिनियर दासले भने आफू बिदामा बसेका बेला आफ्नो दराजको ताल्चा तोडिएको विषयमा बुझ्न खोज्दा लेखापाल थापाले उल्टै आफूमाथि हातपात गरेको दाबी गरेका छन्। सरकारी कार्यालयभित्रै निजामती कर्मचारीहरूबीच कुटाकुट भएपछि जिल्ला प्रशासन र प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएका छन्।
English Summary & Headlines: