×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि: नेता व्यवस्थापन गर्न पदाधिकारी सङ्ख्या बढाउने तयारी

कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि: नेता व्यवस्थापन गर्न पदाधिकारी सङ्ख्या बढाउने तयारी

काठमाडौँ - भोलिदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ महाधिवेशनमार्फत नेपाली कांग्रेसले पदाधिकारीको सङ्ख्या थप गर्ने तयारी गरेको छ। महाधिवेशनको बन्दसत्रमा पेस गर्ने गरी महामन्त्री प्रदीप पौडेल संयोजकत्वको विधान संशोधन समितिले पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव तयारी गरिरहेको छ।

पार्टीभित्रका आकाङ्क्षी नेताहरूको व्यवस्थापन चुस्त बनाउन उपसभापति, महामन्त्री र सहमहामन्त्री पद बढाउनेतर्फ शीर्ष नेतृत्व पुगेको छ। हालको विधान अनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री र समावेशी क्लस्टरबाट ८ सहमहामन्त्री रहने व्यवस्था छ। स्रोतका अनुसार १ उपसभापति र १ महामन्त्री थप्ने लगभग निश्चित भइसकेको छ भने ४ देखि ५ जनासम्म सहमहामन्त्री बढाउने विषयमा छलफल भइरहेको छ। प्रवक्ता देवराज चालिसेले पनि आवश्यकता अनुसार महाधिवेशनले विधान संशोधन गर्ने पुष्टि गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्