धनगढी - अछामको ढकारी गाउँपालिका–४ बलाताकी ३५ वर्षीया वडा सदस्य मनिषा देवी साउँद जंगलमा मृत फेला परेकी छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएकी साउँदलाई घरनजिकैको पाले वन क्षेत्रमा सालको रुखमा झुन्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। स्थानीय एक नेता र उनीसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी बेपत्ता भएको बताइएको छ। परिवारको निवेदनपछि खोजीमा जुटेको प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।